युएइ-युएइमा नेपाली खेलकुदको गतिबिधि बढिने क्रमसंगै दुबईको सफा पार्कमा अप्रील १९ तारिक युएई ब्यापी अन्तर संस्था फुटबल प्रतियोगिता फ्रेन्डसीप कप सम्पन्न भएको छ ।
ओल्ड मङस फुटबल क्लबले आयोजना गरेको एक दिवसीय फुटबल प्रतियोगितामा १६ टीमको सहभागीता रहेको थियो । कडा प्रतिस्पर्धाबाट वन थाउजेन सोनापुर समुहले प्रथम उपाधि हाँसिल गरेको थियो । बुद्ध युथ क्लब दुबाईले दोस्रो स्थानको उपाधि हात लागेको थियो ।
१५/१५ मिनेटको खेलाइएको प्रतियोगितामा अधिकांश टिममा नेपालका विभिन्न ए डिविजन क्लबबाट खेल खेली सकेका खेलाडीको वाहुल्यता रहेको आयोजक क्लबका उपाध्यक्ष अनिल शेर्पाले जानकारी गराए ।
प्रतियोगितामा प्रथम तथा दोस्रो उपाधि जित्न सफल टीमलाई शिल, ट्रफि, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । आयोजकले प्रतियोगिताको उत्कृष्ट खेलाडी सुर्य सिङ् दकुरी र प्रतियोगितामा धेरै गोल गर्न सक्षम खेलाडी उत्सबलाई पनि शिल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।








