Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

pandey_2[1]युएई- दुबईको चर्चित एटलान्टिक होटेल पाम जुमेरामा हालै एक नेपालीले गल्फको खाना बनाउने प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । समुन्द्रलाई पुरेर जमिन तयार गरी बनाइएको यस होटल समुन्द्रको बिचमा अत्यन्तै आधुनिक तरिकाले निर्माणसँगै सिगारिएको छ । उक्त होटेलमा कार्यरत नेपाली भोलानाथ पान्डे पाँचतारे होटलहरुले गल्फको खाना बनाउने प्रतियोगिताबाट सर्बौत्कृट घोषित भएका हुन् । गुल्मी हर्मीचौर ४ का पान्डे एस एल सी सम्म मात्र अध्यन गरी कामको शिलशिलामा इन्डियाको गोवामा मेरियट होटलबाट कुकको लागी किचनमा छिरेका थिए।

प्रतियोगिता अनुसार
pandey1[1]पहिलो परिकार १ घण्टामा ४ वटा पिलेटमा तयारी खानालाई कुनै पनि फरक छुट्टाउन नसकिने गरी सजाएर राखिने इमराती कुजिन बिरानी (माले बिरानी) थियो । दोश्रोमा बिफबाट अनेक किसिमका स्वादिष्ट परिकारहरु र तेश्रोमा कुखुरा र माछालाई काटेर हड्डी, काँडा, छालालाई भिन्न गरी केवल मासु मात्र २० मिनटमा भाग-भाग गरी गल्फ बुचुरी बनाउनु पर्ने नियम रहेको थियो । गल्फबाट सहभागी सबै देशका पाँचतारे होटेलका कुकमेनहरुलाई उछिन्दै सर्बप्रथम भई पदक जिन्त सफल भएका हुन ।  उनले पुरस्कार स्वरुप जर्मनको लागि १ हप्ताको भ्रमणगर्न पाउने भएका छन् भने होटलबाट सम्मान तथा नगद रकम पनि पाप्त गर्ने भएका छन । प्रतियोगितामा सर्बौत्कृट भएकोमा होटल एटलान्टिकका सम्पूर्ण नेपाली स्टाफ साथीहरुले नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै बधाई दिनु भएको होटलमा कार्यरत सुदिप बिडारीले जानकारी दिनु भएको छ । ***

 

pandey[1]

तपाईको प्रतिक्रिया