काठमाडौं- ब्लड क्यान्सर पीडित ताप्लेजुङकी सबिता मगरको शुक्रबार निधन भएको छ । ब्लड क्यान्सरको बिमारीका कारण उनीलाई कुवेतको सभा अस्पातलमा भर्ना गरिएको थियो । सबिताले बिहीवार बेलुका सात बजे अन्तिम सास लिएको सभा अस्पातलका कर्मचारीले जानकारी गराएका हुन् ।दुई बर्ष पहिला घरेलु कामको लागि कुवेत आएकी २१ वर्षीया सबितालाई दुई महिना पहिला मालिकले अस्पातलमा भर्ना गरेको थियो । ब्लड क्यान्सरको बिरामी सबितालाई उपचारको लागि पहिला जाहारा अस्पातलमा भर्ना गरिएको र पछि रिफर गरी सभा अस्पातलमा भर्ना गरिएको थियो ।
नेपाली दूतावासले सविताको जीवनरक्षाका लागि रगतको आबश्यकता परेको सूचना सार्वजनिक गरेको थियो । सबितालाई बचाउनका लागि कुवेतबासी जुरमुराई उठेका थिए । ***








