Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

लण्डन –  गैर आवासीय नेपाली संघ (एन.आर.एन.) युकेको आयोजनामा नव वर्ष २०१३ को पुनित अवसरमा नेपाल तथा प्रबासमा बसेर गैरआवासीय आन्दोलनको बारेमा कलम चलाउने पत्रकारहरुको उत्त्प्रेरणा साथै क्षमता अभिबृदिको लागि अक्षय कोषको स्थापनार्थ यही जनवरी ६ तारिख च्यारिटी डिनरको आयोजना हुने भएको छ. ग्रिन्फोर्ड टाउन हलमा हुने च्यारिटी डिनरमा नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथै युकेका स्थानीय नेपाली कलाकारहरुको सहभागितामा भब्य सांस्कृतिक कार्यक्रम हुनेछ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउले पत्रकार महासघ युकेको अधिवेशनमा आउनु भएको बेला एनआरएन युकेले प्रबास तथा नेपालका पिछडिएको भेगमा बसेर कलम चलाउने पत्रकारहरुको सहयोगका निम्ति पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग गर्ने बचन दिएको थियो. सोहिअनुसार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिसंग सहकार्य गर्दै पत्रकारहरुको हीतमा कल्याणकारी कार्यक्रम गर्नको निम्ति महासचिब रामशरण सिम्खडाको संयोजकत्वमा विजन भट्ट र कृष्ण तिमिल्सिना उपसंयोजक, साथै कुमार केसी, सरस्वती केसी, रमेश बास्तोला, डासु पाण्डे, गणेश गुरुङ सदस्य रहेको उपसमिति बनेको थियो ।

हरेक दुई बर्षमा काठमाडौंमा हुने एनआरएन बिश्व सम्मेलनमा डायास्पोराका नेपालीका बिषयमा लेख्ने र खोज गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र दुर्गम क्षत्रमा कलम चलाउने खबरकर्मीलाइ हौसला दिने एनआरएनको मूल योजना हो ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले प्रबास तथा दुर्गम भेगमा बसेर पत्रकारिता गर्ने असल पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यअनुसार सानो सहयोगले नेपालका कलमजीवी मित्रहरुलाई सहयोग हुन्छ भने सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमामा सहभागी हुन एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष जीबा लामिछाने, युरोप को-अर्डिनेटर कुमार पन्त, उपाध्यक्ष रामेश्वर शाहलाइ आमन्त्रण गरिसकिएको कुरा संयोजक सिंखडाले बताउनुभएको छ । ***

 

तपाईको प्रतिक्रिया