टोकियो – जापानको दक्षिणपश्चिमी भागमा आइतबार एक होटेलमा आगो लाग्दा छ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरी तथा अग्नि नियन्त्रण विभागले दिएको छ ।
मर्ने छ व्यक्तिमा दुई पुरुष तथा चार महिला परेको र एक व्यक्तिको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारीले बताए ।
आगलागी हिरोसिमा प्रशासकीय क्षेत्रको फकुयामाको एक होटेलमा भएको ती अधिकारीले बताए ।आगो नियन्त्रणमा आए पनि त्यसको कारण थाहा हुन नसकेको प्रहरीले उल्लेख गरेको छ ।








