टोकियो – म्याग्देली सञ्जाल जापानको कार्यक्रम स्वर्णिम साँझका लागि नेपालबाट आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा र मुना थापा आज स्वदेश प्रस्थान गरेका छन् ।
कलाकारद्वयलाई सञ्जालका अध्यक्ष महेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष महेन्द्र वानिया, सदस्य बिष्णु वानियालगायतका पदाधिकारीहरुले नारिता विमानस्थलमा बिदाई गरेका थिए । उनीहरुसंगै आएका हास्य कलाकार जितु नेपाल भने गत आइतवार नै स्वदेश फर्किसकेका छन् ।
कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको कार्यक्रम गत अप्रिल ३० मा म्याग्देली सन्जालको आयोजनामा टोकियोमा र मई ५ मा नेपाल आदीवासी जनजाती महासंघ जापानको आयोजनामा नागोयामा सम्पन्न भएको थियो भने त्यसबाहेक टोकियोमा रहेका बिभिन्न रेष्टुरेन्टहरुमा थुप्रै मिनी कार्यक्रमहरु भएका थिए । ***








