रोम – नेपाली जनप्रगतिशील मोर्चा इटालीले १७ औ जनयुद्ध दिवस इटालीको रोम र भेनिस सहरमा भव्यताका साथ सम्पन्न गरेको छ । रोममा आयोजित कार्यक्रमको सभापतित्व मोर्चाका केन्द्रीय अध्यक्ष बाबुराम खतिवडाले गर्नुभएको थियो भने कार्यक्रम संचालन मोर्चाका केन्द्रीय महासचिव बिष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।
भेनिसमा आयोजित कार्यक्रमको सभापतित्व मोर्चाका केन्द्रीय उपाध्यक्ष गोबिन्द भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन भेनिस मोर्चाका सचिव संजय भारतीले गर्नुभएको थियो । दुवै कार्यक्रममा महान सहिदहरुप्रति श्रदान्जली अर्पण गर्दै १ मिनेट मौनधारण गरिएको थियो।
उक्त कार्यक्रममा मोर्चाका अध्यक्ष बाबुरामले महान सहिदहरुले क्रान्तिका लागि पुरयाउनु भएको योगदानबारे चर्चा गर्नुका साथै सहिदहरुको सपनालाई साकार पार्नको लागि सम्पूर्ण श्रमजीबी, प्रगतिशील विचारधारा राख्ने साथीहरुलाई एक भएर अगाडि बढ्नको लागि अनुरोध गर्नुभएको थियो। उता भेनिसको कार्यक्रममा मोर्चाका उपाध्यक्ष गोबिन्द भण्डारीले अहिलेको परिस्थितिमा शान्तिप्रक्रियालाई तार्किक निश्कर्षमा पुरयाउनु र जनसंबिधान बनाउनु नै सहिदहरुप्रतिको सच्चा श्रध्दान्जली हुने विचार ब्यक्त गर्नुभएको थियो । ***








