Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारकै पालामा माओावदी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने मौखिक सहमति भएको दाबी गरेका छन् ।
बृहत् लुम्बिनी विकास परियोजनामा सहयोग जुटाउने उद्देश्यले अमेरिका गएका दाहालले काठमाडौं फर्के लगत्तै यस्तो बताएका हुन्।
‘माधव नेपाल प्रधानमन्त्री भएकैबेला हामीले पार्टीका तर्फबाट कुरा गर्दा म क्याबिनेटबाट पास गर्छु भनेर माधवजीले नै भन्नुभएको थियो,’ दाहालले भने, ‘त्यतिबेला नै निर्णय भएको हो, यसखालका मुद्धाको हकमा राष्ट्रपतिले माफी दिने बाहेक अर्को उपाय नभएकाले त्यो सरकारकै पालामा यो कुरा भएको थियो ।’

तपाईको प्रतिक्रिया