Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
अड्डु (माल्दिभ्स)– माल्दिभ्समा रोजगार गरी बस्ने नेपालीहरुको संगठन नेपाल माल्दिभ्स मैत्री समाजले त्यहाँ रहेका नेपालीहरुको समस्याको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ध्यान आर्कषित गराउँदै ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा उनीहरुले माल्दिभ्समा नेपालको दुतावास नहुँदा पासपोर्ट सहित विभिन्न समस्यामा पहल गर्ने आधिकारिक निकाय नभएको भन्दै तत्काल दुतावास खोल्न पहल गर्न अग्रह गरेका छन् । त्यसैगरी नेपालमा पर्यटनको विकास र नेपाली दक्ष कामदारहरुलाई माल्दिभ्समा रोजगारीको लागि सहज अवस्था बनाउन नेपाल र माल्दिभ्सवीचको सिधै फ्ल्याइटको ब्यवस्था गर्नु पर्ने माग पनि ज्ञापनपत्रमा उनीहरुले गरेका छन् । त्यसैगरी नेपाली कामदारलाई अधिकार र पहिचान दिन माल्दिभ्ससँग श्रम सम्झौता गर्न पनि उनीहरुले प्रधानमन्त्रीको ध्यान आर्कषित गरेका छन् ।
माल्दिभ्समा ५ हजारको संख्यामा नेपाली कामदारहरु रहेको नेपाल माल्दिभ्स मैत्रि समाजका सल्लाहकार चित्रराज पौडेलले जानकारी दिनुभयो । जसमध्यै धेरै होटलमा र केही निर्माण र घरेलू कामदारको रुपमा रहेका छन् । पौडेलले होटलमा नेपालीको माग धेरै रहे पनि विभिन्न असुविधाका कारण आवश्यकता अनुसार नेपाली कामदार आउन नसकेको बताए । माल्दिभ्समा घरेलु कामदार र निर्माण क्षेत्रमा काम गर्ने नेपालीको अवस्था भने राम्रो नरहेको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमाल र समुद्रबीच पर्यटकमा सम्बन्ध स्थापीत हुन सक्ने भन्दै माल्दिभ्सबाट नेपाल पर्यटक लैजान सिधा हवाई उडान र नेपालीको समस्या समाधान गर्न काउन्सिलर र दुतावासको ब्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले छिट्टै नेपाल र माल्दिभ्सवीच श्रम सम्झौता गरेर नेपाली कामदारको अधिकार सुनिश्चित गर्ने तर्फ आफू सकारात्मक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया