Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – प्राकृतिक प्रकोपको अनुसन्धानमा संलग्न एउटा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पका कारण चिरा परेका धेरै स्थानमा पहिरोको जोखिम रहेको चेतावनी दिंदै जाखिमपूर्ण स्थानका वस्ती हटाउन सुझाव दिएको छ ।

अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का प्रतिनिधिहरुले शुक्रबार व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको बैठकमा पुगेर भूकम्पबाट भएको मानवीय क्षतिभन्दा पहिरोका कारण हुने मानवीय क्षति धेरै हुने खतरा औल्याउँदै जोखिमपूर्ण स्थानका वस्ती हटाउन सुझाव दिएका हुन्।

इसिमोडका क्षेत्रीय कार्यक्रम प्रबन्धक अरुण श्रेष्ठले भूकम्पको असरस्वरुप २० वटा हिमताल कुनै पनि बेला फुटनसक्ने जोखिम रहेको भन्दै प्रकोप व्यवस्थापनको पूर्व तयारी गर्न सुझाव दिनुभयो ।

इसिमोडका अनुसार नेपालमा २ हजार ३ सय २३ वटा हिमताल छन् । श्रेष्ठले भुकम्पका कारण ४ हजार २ सय वटा पहिरोका घटना रेकर्ड भएको भन्दै मानवीय क्षति हुन नदिन भुकम्पले चिरा परेका स्थानमा वस्ती बस्न दिन नहुने बताउनुभयो ।

प्राकृतिक प्रकोपको जोखिमबाट बच्न सरकारले गरेको तयारीका बारेमा समितिले गृहमन्त्री शक्ति बस्नेतलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया