Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘ह्रस्व दीर्घ’ नेपालमा प्रदर्शन भएको तीन हप्ता पछि जापानको डायस्पोरा क्षेत्रमा पनि प्रदर्शन हुने भएको छ। वितरण कम्पनी बीटीकेएस इन्टरटेनमेन्टका अनुसार, चन्द्र पन्त निर्देशित यो फिल्म मंसिर २२ गते (डिसेम्बर ७) देखि जापानमा रिलिज हुनेछ। चिबास्थित सिभिक हलमा पहिलो शो प्रदर्शन हुनेछ। त्यसपछि टोक्यो, कानागावा, फुनाबासी, नारिता, नागोया, ओसाका, कोबे, क्योटो लगायतका १४ जापानी सहरमा प्रदर्शन गरिनेछ।

नेपालमा भने यो चलचित्र कात्तिक ३० गते रिलिज हुँदैछ। मल्टिस्टारर यो फिल्ममा नेपाल र भारतका प्रख्यात कलाकारहरू रहेका छन्। भारतीय फिल्म जगतका प्रदीप रावत, ब्रम्हानन्दम र अलीसँगै नेपाली कलाकारहरू रेखा थापा, विपना थापा, सरोज खनाल र प्रशान्त ताम्राकारको अभिनय रहेको छ।

फिल्मको शीर्ष भूमिकामा नीता ढुंगाना र हरिहर अधिकारी छन्। यो चलचित्र नीता फिल्म्सले प्रस्तुत गरेको हो। चलचित्रको निर्माण नीता ढुंगानाले गरेकी हुन्।

 

 

तपाईको प्रतिक्रिया