Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – स्वामी विवेकानन्द जापान भ्रमण गएको समयको एउटा अविस्मरणीय क्षणको चर्चा अझसम्म पनि हुने गरेको छ।

यहाँ स्वामी विवेकानन्दको जापान भ्रमणको सन्दर्भमा एक जापानी बालकले प्रस्तुत गरेको देशभक्तिको प्रसंगलाई प्रस्तुत गरिएको छ ।

उनी जापानको एउटा पसलबाट स्याउहरू किनेर फर्किनै लाग्दा एउटा सानो केटो अगाडी उभिन्छ र भन्छ, ‘त्यो स्याउ मलाई दिनुस्, म सँग धेरै पैसा त छैन तर पनि म तपाईलाई परेको मोल चुकाउछु ।’ विवेकानन्द आश्चर्य पर्दै सोध्छन् ‘किन वावु ?’

केटोले जवाफ दिन्छ, ‘त्यो साहुजीले स्याउ हाल्दा केही बिग्रिएको स्याउ पनि हालेको छ, तपाई हाम्रो देशको पाहुना हो, भोली तपाई आफ्नो देश गएर भन्नुहुनेछ जापानीहरू ठग हुँदोरहेछ । म यसो हुन दिन्न, यसैले कृपया त्यो स्याउ मलाई बेच्नै पर्दछ ।’

विवेकान्दले भने, ‘होइन बावु म त्यसो भन्नेछैन, बरू भन्नेछु जापानका साना बच्चाहरू समेत राष्ट्रभक्त हुदाँरहेछन् ।’

तपाईको प्रतिक्रिया