Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं– नेपाली साहित्य क्षेत्रमा सर्वाधिक महत्वको मदन पुरस्कार यस वर्ष अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ कृतिलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको बैठकले एकल महिलाका विषयमा लेखिएको सो उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मदन पुरस्कारको राशि रु  २ लाख रहेको छ । त्यस्तै प्रामाणिक इतिहासको क्षेत्रमा उल्लेखनीय काम गरेर इतिहास लेखन विधालाई अघि बढाएकोमा इतिहास संशोधन मण्डललाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि गुठीले गरेको छ ।
यो पुरस्कारको राशि पनि रु २ लाख रहेको छ । दुवै पुरस्कार यही असोज २१ गते वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया