समाचार सुन्नुहोस :
काठमाडौँ – इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ।
सार्वजनिक कार्यक्रममा उनले “हामी बालेनको पुलिस होइनौं, केपी ओलीलाई थुन्ने पनि यही नेपाल प्रहरी हो” भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनले उनलाई स्पष्टीकरणका लागि जिम्मेवारीबाट हटाएको हो।कार्यक्रममा चौधरीले आफू लोकसेवा आयोगबाट नियुक्त भएको र नेपाल प्रहरी संविधान तथा कानुनअनुसार सञ्चालन हुने संस्थाको रूपमा काम गर्ने बताएका थिए।
उनको अभिव्यक्तिलाई लिएर व्यापक चर्चा भएपछि प्रहरी नेतृत्वले आवश्यक अनुसन्धान र स्पष्टीकरण प्रक्रियाका लागि उनलाई हालको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा तानेको जनाएको छ।








