Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – केवाईसी भेरिफिकेसन नभएका इसेवा, खल्ती, आइएमइ पे तथा प्रभु पेका खाता आगामी साउन १ गतेदेखि ‘फ्रिज’ हुने भएका छन्। सरल, सुरक्षित र सुलभ डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न यी चार कम्पनीले संयुक्त रूपमा ‘केवाइसी जरुरी छ’ अभियान सुरू गरेका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले केवाइसी प्रमाणीकरण अनिवार्य गर्नु पर्ने भएको छ। अभियानले प्रयोगकर्ताहरूलाई केवाइसीको महत्त्वबारे बुझाउन र अनलाइन ठगी रोक्न सहयोग गर्ने उद्देश्य राखेको छ।

आर्थिक वर्ष २०८१/८२ को सुरुआतदेखि केवाइसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरूको सञ्चालन रोकिने र खातामा भएको रकम फ्रिज हुने जनाइएको छ। केवाइसी प्रमाणीकरण गरेपछि मात्रै खाता पुनः सञ्चालनमा आउनेछ।

 

 

तपाईको प्रतिक्रिया