Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड सुपरस्टार सलमान खानको सुरक्षामा ठूलो कडाई गरिएको छ। एनसीपी नेता बाबा सिद्दीकीको हत्या भएपछि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि सलमानको सुरक्षामा थप कडाई गरिएको हो। सलमानको मुम्बईको बान्द्रास्थित घरमा सादा पोशाकमा ५०-६० जना प्रहरी परिचालन गरिएको छ। साथै उनको फार्महाउसको सुरक्षा पनि बढाइएको छ। अहिले सलमानसँग भेटघाटमा प्रतिबन्ध लगाइएको छ।

सुरक्षाका लागि अत्याधुनिक प्रविधिको सीसीटिभी जडान गरिएको छ भने उनलाई वाई प्लस सुरक्षा प्रदान गरिएको छ। यस सुरक्षामा ८-१० जना प्रहरी समावेश छन्। सलमानका निजी सुरक्षाकर्मीहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ।

लोरेन्स विश्नोई समूहले गत शनिवार बाबा सिद्दीकीको हत्या गरेपछि सलमानलाई पुनः ज्यान मार्ने धम्की दिएको थियो। यसअघि पनि यो समूहले सलमानलाई धम्की दिँदै उनको घरमा गोली प्रहार गरेको थियो। विश्नोइ समूह कालो हरिण हत्या प्रकरणसँग जोडिएको रिसको कारण सलमानलाई निशाना बनाइरहेको छ।

तपाईको प्रतिक्रिया