Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – होलीको अवसरमा भक्तपुरमा अनौठो जात्रा चल्ने परम्परा छ । भीमको ३ हाते काठे लिंग बनाएर बजार परिक्रमा गराउने, लिंग नुहाइदिने र पूजापाठ गरिन्छ ।

भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर योनीभित्र लिंग राखेको अवस्थासहितको दृश्य रहेको छ।

प्रत्येक वर्ष होलीको पहिलो दिनदेखि अन्तिम दिन (पूर्णिमा)सम्म लिंगको प्रदर्शन हुन्छ। योबीचमा लिंगको दृश्य अवलोकन गर्न र लिंगलाई पूजा गर्न आउनेहरूको भिड् लाग्ने गर्दछ। स्थानीयहरू यहाँ पुगेर द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन्। यसले गर्दा पारिवारमा सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ। यो लिंग भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन् स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ। लिंगको दर्शन गरेपछि छोरा जन्मने, सन्तानलाई सुखप्राप्ति हुने लोकोक्ति रहेको छ ।

होलीको अन्तिम यो दिनमा भीमसेनको लिंग बोक्न आउनेको भीड लाग्नेगर्दछ। होलीको दिन साँझ उक्त लिंग धोएपछि भक्तपुरको होली समाप्त हुने प्रचलन रहँदै आएको छ।

तपाईको प्रतिक्रिया