Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा दिगो शान्ति आउँछ भने कांग्रेस माओवादी नेतृत्वको सरकारमा सामेल हुनुपर्ने बताएकी छिन् ।

रिपोर्टर्स क्लवद्वारा आयोजित साक्षत्कारमा बोल्दै कोइरालाले शान्तिप्रक्रियाका बाधकलाई पाठ सिकाउन पनि कांग्रेस बिनासर्त वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताउँदै भनिन्, ‘माओवादीभित्रको शान्ति बिरोधी बैद्य समूहलाई ठेगान लगाउन पनि कांग्रेस सरकारमा सहभागी हुनपर्छ, माओवादी, कांग्रेस र एमालेमा शान्ति बिरोधी तत्व छन्, उनीहरुलाई तह लगाउन पनि बाबुराम भट्टराई सरकारको स्थायित्व आवश्यक छ । कांग्रेस यही बेला सरकारमा सहभागी भयो भने मुलुकमा स्थायी शान्ति आउँछ, दलिय र व्यक्तिगत स्वार्थ त्यागेर बाबुराम नेतृत्वको सरकारमा जानुपर्छ, एमालेपनि आउनुपर्छ ।’

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शान्तिका लागि वार्ता गर्न नर्कमा पनि जान तयार छु भन्ने गरेको स्मरण गराउँदै उनले शान्तिका लागि भएपनि कांग्रेस माओवादी नेतृत्वको सरकारमा जान डराउनु नहुने बताउनु भयो । साथै उनले कांग्रेसले अहिले नै सरकारमा सहभागीता जनाए शान्ति बिरोधीतत्व समेत सहयोग गर्न बाध्य हुने दावी गरिन् ।

तपाईको प्रतिक्रिया