Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री पूजा शर्मा मंसिर २० गते विवाह गर्दैछिन्। उनले पछिल्ला ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन्।

विवाह समारोह भक्तपुरको साँगास्थित पाँचतारे होटल फच्र्युनमा आयोजना हुने भएको छ। कार्यक्रममा दुवै पक्षका सीमित परिवारका सदस्य, आफन्त र केही नजिकका साथीहरू मात्र सहभागी हुने बताइएको छ। पूजा र युद्धको प्रेम सम्बन्ध फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा सार्वजनिक भएको थियो। युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव गरेका थिए। दुवैले मिलेर झम्सिखेलमा एक रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन्।

फिल्मको कामतर्फ, पूजाले दशैंअघि ‘३६ को आँकडा’को छायांकन सकाएकी छन्। उनी हाल एक नयाँ एक्सन फिल्म निर्माण गर्ने तयारीमा छिन्।

 

 

तपाईको प्रतिक्रिया