Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – विद्यार्थीलाई एआई कृत्रिम बौद्धिकता, कोडिङ र रोबोटिक्सको प्रयोगका लागि प्रेरित गर्न काठमाडौंमा राष्ट्रियस्तरको कोडेभर ६.० प्रतियोगिता भएको छ ।  निमा एकेडेमीको सहकार्यमा स्किल्सअप ग्लोबलले बसुन्धारास्थित वेभ हस्पिटालिटीमा आयोजना गरेको प्रतियोगितामार्फत नेपाली विद्यार्थीलाई आविष्कारको सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको छ ।

स्किलअपका कार्यक्रम संयोजक किरणकुमार श्रेष्ठका अनुसार कोडेभर विश्वव्यापी एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता हो, जुन विद्यार्थीमा रचनात्मकता र समस्या समाधानका लागि डिजाइन गरिएको छ । वार्षिक रूपमा आयोजना गरिने यस प्रतियोगिताले युवालाई २१ औँ शताब्दीका लागि आवश्यक सीप विकास गर्दै सामाजिक हितको लागि प्रविधिको  प्रयोग गर्न प्रोत्साहित गर्छ ।

प्रतियोगितामा विद्यार्थीले एआई-सञ्चालित स्मार्ट कृषि, वातावरण संरक्षण, शिक्षा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूसँग सम्बन्धित आफ्ना सिर्जनाहरू प्रस्तुत गरे । त्यस्तै प्राविधिक उद्यमी, शिक्षक र एआई विज्ञहरूसहितको प्रतिष्ठित निर्णायक मण्डलले नवप्रवर्तन, प्रभाव, सम्भाव्यता र प्राविधिक कार्यान्वयनको आधारमा परियोजनाको मूल्यांकन गरेको थियो ।

राष्ट्रियस्तरका शीर्ष २० अन्तिम प्रतिस्पर्धीको नाम चाँडै घोषणा गरिने र उनीहरूले मे ३० र ३१, २०२५ मा कतारमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन पाउने श्रेष्ठले बताए । यस कार्यक्रममा ३० भन्दा बढी देशका युवा नवप्रवर्तकसँग अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने छन् । विश्वव्यापी रूपमा सञ्चालित यस कार्यक्रमले नेपालका प्रतिस्पर्धी विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा परिचित हुने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय बोर्डिङ हाई स्कुल, रिलायन्स पब्लिक स्कुल, बृहस्पति विद्यासदन स्कुल, केन्द्रीय विद्यालय काठमाडौं, युलेन्स स्कुललगायत विभिन्न स्कुलबाट २०० भन्दा बढी विद्यार्थीले ५० भन्दा बढी परियोजनासहित सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय कोडेभर ६.० एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिताको अंशको रूपमा आयोजना गरिएको यस कार्यक्रममा विद्यालय स्तरका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीको सहभागिता थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया