Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको मध्य प्रदेशस्थित दमोह जिल्लामा नक्कली मुटु विशेषज्ञले शल्यक्रिया गर्दा सात जना बिरामीको ज्यान गएको घटनाले सनसनी फैलिएको छ। आफूलाई लन्डनको चर्चित कार्डियोलोजिस्ट ‘डा. एनजोन केम’ भनेर चिनाउँदै आएका एक व्यक्तिले गत जनवरी र फेब्रुअरी महिनामा कम्तीमा १५ बिरामीको हृदय शल्यक्रिया गरेका थिए। तीमध्ये सात जनाको मृत्यु भएको उजुरीमा उल्लेख गरिएको छ।

यो विषय सार्वजनिक भएपछि भारतको राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दर्ता गरिएको छ। उजुरी दमोहकै दीपक तिवारी नाम गरेका व्यक्तिले दिएका हुन्। उनले शंका लागेपछि अनुसन्धान गर्दा ‘डा. एनजोन केम’ नामले चिनिने व्यक्तिको वास्तविक नाम नरेन्द्र विक्रमादित्य यादव रहेको खुलासा भएको हो।

यादवले बेलायतका एक प्रसिद्ध हृदय विशेषज्ञको पहिचान दुरुपयोग गर्दै बिरामीको ज्यान लिएपछि स्थानीय प्रशासनले तत्काल छानबिन थालेको जनाएको छ। अहिले अस्पतालमा कार्यरत अन्य चिकित्सक र प्रशासनका सदस्यहरूसँग समेत सोधपुछ भइरहेको छ। घटनापछि पीडित परिवारले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यस घटनाले भारतमा स्वास्थ्य प्रणालीको निगरानी र चिकित्सक प्रमाणिकरण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया