Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

रोबोटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले विश्वका विकशित मुलुकहरुमा एक तिहाइ रोजगारी गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ ।


एकाउन्टेन्सी र्फम पि डब्लु सी ले तयार पारेको रिपोर्टअनुसार रोबोट तथा कृत्रिम विवेकयुक्त मेसिन र प्रविधिका कारण सन् २०३० को दशकसम्ममा अमेरिका, जापान तथा जर्मनी जस्ता औद्योगिक मुलुकहरुमा धेरै जनशक्तिको रोजगारी गुम्नेछ ।

रिपोर्टअनुसार रोबोटकै कारण सन् २०३० को दशकसम्ममा अमेरिकामा ३८ प्रतिशत, जर्मनीमा ३५ प्रतिशत, बेलायतमा ३० प्रतिशत तथा जापानमा २१ प्रतिशत रोजगारीमा असर पर्नेछ ।

यद्यपि कतिपय रोजगारी भने विलुप्त हुनुको साटो रोजगारीका प्रकारमा परिवर्तन हुने देखिएको समेत रिपोर्टमा उल्लेख छ । साथै अटोमेसनले अधिक पुँजीको सिर्जना गर्ने र अर्थतन्त्रमा थप रोजगारी सिर्जना समेत गर्नसक्ने रिपोर्टमा लेखिएको छ।

तर निर्माण र खुद्रा बजारका मानवीय रोजगारीमा भने संकटको बादल मडारिने छ नयाँ प्रविधिका कारण । खासगरी नियमित रुपमा गर्नुपर्ने हाते कामहरु जसलाई मेसिनबाट पनि राम्रोसँग गर्न सकिन्छ, त्यस्ता रोजगारीहरु बढि संकटमा पर्नेछन् । तर मानिसको आवश्यकता नै पर्ने श्क्षिा र स्वास्थ्य जस्ता क्षेत्रका जागिर भने तुलनात्मक रुपमा बढि सुरक्षित हुनेछन् ।

कार्यक्षेत्रमा रोबोटको प्रयोगका कारण कतिपय क्षेत्रका कामदारहरुले अहिले नै विभिन्न खालका चुनौतीको सामना गर्नुपरेको छ । यसको एउटा उदाहरण विकशित मुलुकमा चालक विहिन रेलका कारण रेल चालकहरुले जागिर गुमाउनु परेको । छिटै ड्राइभरलेस ट्रकका कारण ट्रकचालकहरुले पनि जागिरबाट हात धुनुपर्ने अवस्था आउन सक्दछः पिडब्लुसीका प्रमुख अर्थविद जोन हक्सवर्थ भन्छन् ।

रोबोटका कारण रोजगारी बढी संकटमा परेका क्षेत्र यी हुन्ः

यातायात तथा स्टोरेजः ५६ प्रतिशत

उत्पादनमूलक क्षेत्रः ४६ प्रतिशत

होलसेल तथा खुद्रा व्यापारः ४४ प्रतिशत

प्रशासनिक तथा सहायक सेवाः ३७ प्रतिशत

वित्तीय तथा विमा क्षेत्रः ३२ प्रतिशत

व्यवसायिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रः २६ प्रतिशत

पूर्वाधार निर्माणः २४ प्रतिशत

कला तथा मनोरञ्जनः २२ प्रतिशत

कृषि, वन तथा मत्ः १९ प्रतिशत

मानव स्वास्थ्य तथा सामाजिक सेवाः १७ प्रतिशत

शिक्षाः ९ प्रतिशत ।

तपाईको प्रतिक्रिया