Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीलाई हटाउनेबारे सत्तारुढ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा तीब्र विवाद देखिएको छ । विवादका कारण ८ घण्टासम्म बसेको बैठक राति साढे ८ बजे निष्कर्षविहीन टुंगिएको छ ।
‘छलफल बाँकी छ,’ बैठकपछि पार्टी प्रवक्ता जितेन्द्र देवले भने, ‘भोलि पुनः राजनीतिक समितिको बैठक बसेर एउटा निर्णय लिन्छौं ।’ १९ सदस्यीय राजनीतिक समितिमा बरिष्ठ उपाध्यक्ष रामेश्वर राय, केन्द्रीय सदस्य तिलक रावल, मृगेन्द्रकुमार सिंह, सर्वदेव ओझालगायत राजीनामाको पक्षमा रहेका थिए ।
अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमोद गुप्ता, करिमा बेगम, कौशल यादव, रामबच्चन अहिरलगायत बरु सरकारबाट हट्नुपर्ने तर राजीनामा दिन नहुन पक्षमा उभिएका थिए । भूमिसुधार मन्त्री प्रभु साहले राजीनामा दिएपछि भण्डारीलाई राजीनामा गराउन बाहिरबाट दबाब छ ।
अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार नै राजीनामा नगराउने पक्षमा छन् । उनले यसअघि नै पत्रकार सम्मेलन गरी गल्ती भएको भन्दै माफी दिन आग्रह गरेका थिए ।
बैठकमा रक्षामन्त्री भण्डारी राजीनामा दिने मनःस्थितिमा थिएनन् । ‘प्रभू शाह र मेरो सन्दर्भ अलग अलग हो,’ उनले भनेका थिए ।  मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री भण्डारीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान छ ।
विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू साहको राजीनामासँगै भण्डारीमाथि पनि राजीनामा दिनुपर्ने नैतिक दबाब परेको छ ।

तपाईको प्रतिक्रिया