Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनको रुससँगको युद्ध अन्त्यबारे नयाँ प्रस्ताव ल्याएका छन् । सो प्रस्तावमा पूर्वी युक्रेनको डोन्बास क्षेत्र रुसलाई दिनु पर्ने, उसको सैन्य सङ्ख्या उल्लेखनीय कटौती गर्नु पर्ने तथा उसका कैयन् अस्त्र त्याग्नु पर्ने विषय समेटिएका विभिन्न सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

त्यसमा २८ बुँदा रहेको बताइन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिङ्टनले पेश गरेको नयाँ प्रस्तावबारे डोनल्ड ट्रम्पसँग कुरा गर्ने भएका छन् । उक्त योजना अमेरिकी विशेष दूत स्टिभ विट्कफ र उनका रुसी समकक्षी किरिल डिमित्रिभले युक्रेनको सहभागिताविना मस्यौदा गरेको बताइएको छ ।

एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीको कार्यालयले वास्तविक शान्ति ल्याउन सक्ने सबै ठोस प्रस्तावहरूलाई किएभले समर्थन गर्ने जनाएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारलिन लेभिटले विट्कफ र विदेशमन्त्री मार्को रुबियोले दुवै पक्षसँग कुराकानी गरेर तिनले कतिसम्म प्रतिबद्धता जनाउँछन् भन्ने बुझ्ने प्रयास गरिरहेको बताइन् । ‘यो रुस र युक्रेन दुवैका लागि राम्रो योजना हो,’ उनले योजनाको विस्तृत पक्ष उल्लेख नगरिकनै भनिन्, ‘दुवै पक्षलाई यो मान्य हुने हाम्रो विश्वास छ। त्यसका लागि हामी मिहिनेत गरिरहेका छौँ ।’

युद्ध थालिएको चार वर्ष पुग्न आँट्दा त्यसको अन्त्यबारे दुवै पक्षबीच ठूलै भिन्नता कायम छन् । यसबीच लामो दुरीका ड्रोनमार्फत् रुसी सैन्य तथा ऊर्जा संरचनालाई लक्षित आक्रमण गर्न युक्रेन सिपालु भएको छ भने मस्कोको आक्रमण निरन्तर जारी छ ।

 

तपाईको प्रतिक्रिया