Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
फेरी भेट हुने नहुने
अन्यौलका ति पल
तिम्रो लज्जा अनि म भित्रको चुपचाप
तिमीलाइ याद होला नहोला त्यो दिन
मलाइ भने हरपल क्षण याद छ र रहनेछ
स्कुलको त्यो गेट
तिम्रो गुलाबी ड्रेस
तिम्रो हातको किताब
मेरो नमिलेको हिसाब
अनि स्कुलको त्यो अन्तिम दिन
चाहेर पनि अभिब्यक्त हुन नसकेको त्यो घडी
छुट्टिने बेलाको सन्नाटा
मनभरीको काउकुति
अनि अन्तत फिक्का हाँसो अनि फेरी वाइवाइ
पुर्ण प्रेम, अर्ध प्रेम यात फेरी आकर्षण?
के थियो नाता त्यो ?
जे थियो सफा थियो
जे भयो मनभित्र भयो
जे रह्यो मुटुभित्रै रह्यो
सत्य अर्धसत्य पूर्ण अपूर्ण
जे थियो जस्तो थियो त्यो
फक्रिन लागेको गुलाबको फूल थियो
यौवनको  शुरुवात थियो..।
हालः चिवा, जापान

तपाईको प्रतिक्रिया