Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

मैले पनि भुल्याछैन तिम्रो हाम्रो चोखो प्रीत

दुवै मिली गाएका थियौ स्टेजमा संगै गित

आज भेट्न धेरै गाह्रो यस्तै रहेछ हाम्रो रित

बिहानीको शितजस्तै रहेछ हाम्रो चोखो प्रीत

 

तिमि थियौ मनको राजा म तिम्री रानी

मैले भुल्न सक्याछैन तिम्रो आनीबानी

तिमि थियौ मेरो लागि ममताको खानी

त्यसैले त तिमिनै छौ दुइआंखाको नानी

 

तडपिएर कति बसे तिम्लाई पाउन मैले

कल गर्नलाई मोबाईल थिईन म संग पहिले

धेरै सोचे धेरै सम्झे तिम्रो घरसम्म गए

तिमीलाई नभेटेर छटपटीमा बेहोस् भए

 

त्यहिँ बेहोसी अवस्थामा आए म त पराईघर

जहाँ जता भए पनि बिर्सिन्न म जुनिभर

बिष दिने हिम्मत छैन न त अमृत दिन सक्छु

बिपनीमा नआएनि सपनीमा आउन सक्छु

 

मलाई पाउन धाउछु भनि नभन है मेरा राजा

भोलि फेरी आफन्तले बजाउने छन् हाम्रो बाजा

मेरो तस्वीर राख्नु त्यो मोबाईलमा खिची

याद आए हेरी दिनु सेक्रेट नम्बर आफै थिची

 

बोली सुन्न मन लागे रेकर्ड गरी राख

यो जुनीमा यस्तै भयो अर्को जुनीलाई भाक

सपनीमा सधैं आई नशा दिएकी हैन मैले

तिमीलाई बिर्सनलाई कोसिस गरयाछैन मैले

 

तपाईको प्रतिक्रिया