Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

मुक्तक १.
उदार सोँचमा सदा हुन्छ झेल जिन्दगीमा
कहिले सम्म खेलौं हार्दै खेल जिन्दगीमा
चाहनाको बली चडाई बित्यो उमेर प्रवासमै
बगिरहन्छन् आसुँका यी भेल जिन्दगीमा ।

मुक्तक २.
जन्मेदेखि पाइन सुख फुटेको भाग्य मेरो
कर्म लेख्दा विधाताले छुटेको भाग्य मेरो
पोखिएछन् खुसी सबै अल्झिएर मझधारमा
समयको परिवेशले लुटेको भाग्य मेरो ।

मुक्तक ३.
अहंकार त्यो अभिमान घटाइदेऊ न छिमेकी
अब छिट्टै नाकाबन्दी हटाइदेऊ न छिमेकी
धेरै दुख पाएका छन् नेपाली ती जनताले
इन्धनका गाडीहरु पठाइदेऊ न छिमेकी ।

गैडाकोट ४ नवलपरासी
हाल . इजरायल

तपाईको प्रतिक्रिया