Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘मिस्टर नेपाल २०२५’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाडौं लगायतका शहरहरूमा अडिसन सम्पन्न गरिसकेको छ।

अन्तिम मौका स्वरूप डिजिटल अडिसन २ अगस्टमा नेपालमा र ३ अगस्टमा अमेरिकामा हुने भएको छ। अमेरिकाको अडिसन निर्देशक सन्दीप पोखरेल हुन्। डिजिटल अडिसनपछि छानिएका प्रतियोगीहरूलाई ४ अगस्टदेखि विशेष प्रशिक्षण दिइनेछ। १८ देखि ३२ वर्ष उमेर समूहका, कम्तीमा ५ फिट ७ इन्च उचाइ भएका नेपाली युवाहरू विश्वभरबाट सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा स्विमिङ, फुटबल, रक क्लाइमिङ, क्याटवाक, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास लगायत दर्जनौं विषयमा प्रशिक्षण दिइनेछ। साथै, नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनका गतिविधिहरू पनि सञ्चालन गरिनेछ। तीन विजेताहरू— ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’— छनोट गरिनेछन्। विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख रुपैयाँ बराबरको पुरस्कार जित्नेछन्।

यो प्रतियोगिता २००१ देखि हुँदै आएको पुरुषहरूको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतिस्पर्धा हो। आयोजकहरूका अनुसार, यसपटक प्रतियोगिता झनै भव्य रूपमा सञ्चालन गरिनेछ।

तपाईको प्रतिक्रिया