Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याज पीडितहरूको ‘न्याय मार्च’ सोमबार पाँचौँ दिनमा पुगेको छ। न्याय र आफ्नो अधिकारको माग गर्दै सयौँ पीडित पैदलै काठमाडौंतर्फ अघि बढिरहेका छन्। उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर हिँड्दै ‘चुपचाप तमसुक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारासहित प्रदर्शन गरिरहेका छन्। माग पूरा नभएसम्म यात्रा नरोकिने उनीहरूको अडान छ।

पीडितहरूले मन्त्रिपरिषद्को निर्णयमार्फत फर्जी तमसुक, दृष्टिबन्धक, छिन्नुवा पास तथा फर्जी चेकजस्ता अवैध कागजात खारेज गर्न र मिटरब्याज नियन्त्रणका लागि प्रभावकारी विशेष ऐन बनाउन माग गरेका छन्। साथै, मिटरब्याजसम्बन्धी विवाद हेर्ने छुट्टै न्यायाधिकरण गठन, अदालतमा रहेका मुद्दाको पुनरावलोकन, पक्राउ परेका पीडितको रिहाइ तथा अन्तरनिकाय निगरानी संयन्त्र स्थापना गर्नुपर्ने उनीहरूको माग छ।

यसैगरी, सुदखोरले आर्जन गरेको सम्पत्तिको छानबिन, हडपिएका सम्पत्ति फिर्ता, मिटरब्याजसँग जोडिएका हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ। साथै, गरिब तथा विपन्न वर्गका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याई गैरकानुनी ऋणको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उनीहरूको माग छ।

तपाईको प्रतिक्रिया