Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालगायक सचिन परियारको असमायिक निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत उनी बिहीबार बिहान १० बजेतिर उनको निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्। सचिनको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि आर्थिक सहयोगको अपिलसमेत परिवारले केही समयअघि सार्वजनिक गरेका थिए।

भाइरल बालगायकको रूपमा परिचित सचिनले गाएका थुप्रै गीत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएका छन्। उनले “रातो रबर एक,” “रुमाल खस्छ कि,” “के छ र हजुर,” र “बरको छाँयाले” जस्ता चर्चित गीतमार्फत आफूलाई परिचित बनाएका थिए। यसबाहेक, सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गर्नुका साथै चर्चित हास्य श्रृंखला ‘मेरी बास्सै’मा समेत अभिनय गरेका थिए।

तपाईको प्रतिक्रिया