Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडाैं – न्युजिल्याण्डकी महिला मन्त्री आफ्नो पहिलो सन्तानलाई जन्म दिन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । द ग्रिन पार्टीकी जुली जेन्टर गर्भवती भएको ९ महिना पछि साइकल चढेर अस्पताल गएकी हुन् ।

कारमा बस्नका लागि पर्याप्त ठाउँ नपुग्ने भन्दै  उनले साइकलमा जाने निर्णय गरेकी हुन् । उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल चलाएर अस्पताल गएकी हुन्। मन्त्री जेन्टरले पतीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।न्युजिल्याण्डका मन्त्रीहरु पछिल्लो समय विश्वभरका आदर्श पात्र बनेका छन्। गएको जुनमा प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्नले आफ्नो पहिलो सन्तान जन्माएकी थिइन् । प्रधानमन्त्री ज्यासिन्दा अर्डर्न विश्वकी दोस्रो यस्तो प्रधानमन्त्री बनेकी थिइन् जसले आफ्नो प्रधानमन्त्रीकै कार्यकालमा सत्तामै रहेर सन्तान जन्माएकी थिइन् । यसअघि न्युजिल्यान्डमा १९७० मा पहिलोपटक महिला सांसदले आफ्नो कार्यकालमा बच्चा जन्माएकी थिइन् ।

तपाईको प्रतिक्रिया