Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार निधन भएका गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ। उनको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको फिल्मकर्मी राजेश घतानीले जानकारी दिएका छन्।

प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि दार्जिलिङ पुर्‍याइएपछि श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। अन्त्येष्टिका क्रममा उनकी पत्नी मार्था एली भावविह्वल देखिएकी थिइन्। कार्यक्रममा सयौँ नेपाली भाषीको उपस्थिति रहेको थियो।

४३ वर्षको उमेरमा निधन भएका प्रशान्त तामाङले हिन्दी र नेपाली भाषाका थुप्रै गीत गाएका छन्। उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरेका छन्। उनी पछिल्लो पटक फिल्म ‘लडाइँ पहिचानको’ मा देखिएका थिए।

 

 

तपाईको प्रतिक्रिया