Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातीदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिलो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भने तराईका जिल्लामा डुबान भएको छ ।s2

वर्षासँगै भूकम्पले कमजोर बनाएको पहाडमा पहिरो जोखिम बढेको हो । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार पहिरोबाट दार्चुलामा तीन, ललितपुरमा दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोकै कारण नारायाणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ भने अन्य क्षेत्रका राजमार्गहरुमा समेत पहिरोले समस्या पारेको छ ।

लगातार तीन दिन भारी वर्षा भए पहाडी जिल्लामा भीमकाय पहिरोको सम्भावना रहेको विज्ञले औंलाएको आजको राजधानी दैनिकमा खबर छ । केही दिनयताको वर्षाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो जान थालेको छ ।

‘पानीको मात्रा बढी भए जमिनले थेग्न सक्ने अवस्था छैन,‘भूर्गभविद् डा नरेन्द्र खनालले भन्नुभयो, ‘भूकम्पले पहाडै हल्लाएर कमजोर बनाएकाले पानी पर्ने बित्तिकै पहिरो जाने सम्भावना हुन्छ ।’ पहाडै हल्लाएर कमजोर बनाएकाले पहाडै झेरर नदी थुनिने सम्भावना समेत रहेको उँहाको भनाइ छ ।

तपाईको प्रतिक्रिया