Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले यस वर्षको गाईजात्रा लक्षित व्यंग्यात्मक प्रस्तुति ‘मिसन नौटंकी’ सार्वजनिक गरेका छन्। उनले यो प्रस्तुतिमा नेताहरुको भ्रष्टाचार, असक्षम नेतृत्व र ‘मिसन ८४’ जस्ता नारालाई व्यंग्यका रूपमा प्रस्तुत गरेका छन्। ‘मिसन नौटंकी’ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। रिजालले यसलाई दर्शकलाई मनोरञ्जन दिन र राजनीतिक विकृतिप्रति कटाक्ष गर्न तयार पारेको बताएका छन्।

यस गाईजात्रे कोसेलीमा उनले हिट चलचित्र ‘जाजै जात्रा’ को गीत ‘लाइदेऊ माया पिरिम’ मा प्यारोडी बनाएका छन्। जसमा रवि लामिछानेको जेल प्रकरणदेखि नेताहरूको क्रियाकलाप, भ्रष्टाचार र लुटपाटजस्ता विषय समेटिएका छन्। २०६१ सालदेखि गाईजात्रे कोसेली ल्याउँदै आएका रिजालको यो २२औं प्रस्तुति हो। गत वर्ष उनले ‘लुछाचुँडी’ शीर्षकको प्रस्तुति ल्याएका थिए।

उनको यसपटकको प्रस्तुतिमा राधिका हमाल, प्रेम शर्मा पौडेल, सावित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंहलगायत कलाकारहरूको अभिनय रहेको छ। लेखन, निर्देशन र प्रस्तुति रिजाल स्वयंकै रहेको छ। हाल उनी राष्ट्रिय नाचघरको गाईजात्रा कार्यक्रममा सहभागी हुने तयारीमा छन्।

तपाईको प्रतिक्रिया