Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन भएको छ ।  घाँटीको क्यान्सरबाट पीडित भई लामो समयदेखि उपचाररत नेता गिरीको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा शनिवार राति ९ः३६ बजे निधन भएको हो ।नेपाली कांग्रेसका ‘आजातशत्रु’ नेता गिरीको पार्थिव शरीर अहिले ललितपुरस्थित काँग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको छ । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन् ।काँग्रेस नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी धर्मपत्नी नेत्री हिसिला यमी, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, राप्रपाका नेता पशुपति शम्शेर जबरा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा कांग्रेसका अनेकौँ नेता कार्यकर्ता गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका छन् ।

तपाईको प्रतिक्रिया