Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – टेलिसिरिल ‘जिरे खुर्सानी’ बाट सानो पर्दाका दर्शकमाझ हास्य कलाकारका रूपमा स्थापित भएका जितु नेपाल पछिल्लो समय भने ठूलो पर्दामा व्यस्त छन्। फिल्म ‘छ एकान छ’ देखि दीपकराज गिरी क्याम्पका फिल्ममा हास्य कलाकारका रूपमा अहमभूमिका निर्वाह गर्दै आएका नेपाल पछिल्लो समय भने दीपक टिमसँग छैनन् ।

दसैंको छेको पारेर दीपकले ल्याउन लागेको फिल्म ‘छक्का पन्जा ५’ मा जितु देखिने छैनन्। तर सोही मितिमा भने उनी हलमा दर्शकसँगै हुनेछन्, ‘ज्वाइँसाब’ मार्फत। अर्थात्, नीति शाहसँग जितुको अनस्क्रिन जोडी जमाउँदै निर्देशक वसन्त निरौलाले बनाएको फिल्म ‘ज्वाइँसाब’ र ‘छक्का पन्जा ५’ असोज २४ मा एकै दिन प्रदर्शन हुने भएको छ। कतिपयले व्यावसायिक रूपमा सफल ‘छक्का पन्जा ५’ सँग जुधेर ‘ज्वाइँसाब’ ले आफ्नै खुट्टामा बञ्चरो हान्न तम्सेको टिप्पणी पनि गरेका छन्।

लगातार दसैंको छेकोमा फिल्म ल्याइरहेका दीपकसँगको इगोकै कारण जितुले जबर्जस्ती ‘ज्वाइँसाब’ लाई सोही मितिमा जुधाएको आरोप पनि उत्तिकै छ। त्यसो त जितुले उक्त आरोपको खण्डन गरिरहेका छन्। जितु र नीतिबाहेक बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, शिशिर वाङ्देल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको समेत अभिनय रहेको ‘ज्वाइँसाब’ मा निशान भट्टराई र समीक्षा अधिकारीले गाएको ‘कसम बत्तीको’ गीत चर्चामा छ ।***

तपाईको प्रतिक्रिया