Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाहट आयौ
आउनु नै थियो भने पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाहट आयौ
यदी आउने नै हो भने पनि,
आउँदा पोहरको जस्तो
बोइलर कुखरा र लोकल ठर्रा होइन
राँगो बोकाको साथ
झक्कले अनि अक्कले खसी ल्याउनु

परार जस्तो
फाटेको टोपी
अनि टालेको सुरुवाल होइन
सर्हाबहारा नेताले जस्तो
टाइसुट र बिदेशी बुट ल्याउनु
नेता फुटे पनि पार्टी फ़ुटे पनि
जनतामा सदा एकजुट ल्याउनु
सकिन्छ भने
तरुनी पिएलाई च्यापेर ल्याउनु
भोको पेटलाई के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा दशैं
मिठोमसिनो मन्सुली धान ल्याउनु ।

 

तिमीलाई सक्थे भने त
फलामे बार लगाएर छेक्थे
जाली तार लगाएर रोक्थे
अझ सक्थे भने त
तिमीलाई थुन्न चिडियाखाना नै लग्थे
धनीले अनुहार बिगारे पनि
कमसेकम गरिबले त खुशीले ताली ठोक्थे ।

अब आइहाल्यौ आगनमा
सके खसीबोका
नसके ठुलो खसी भए पनि ल्याउनु
र यो पाली ससुराल जाँदा
कमसेकम बस भाडा उठ्नेगरी
खल्तिमा छाउनु
खसीबोका नसके पनि
बोइलर कुखरा होइन है, वाक्क भा’छ
लोकल कुखरो खोजी खुवाउनु !

तपाईको प्रतिक्रिया