Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडाैं – देशका कैयौँ ग्रामीण भेगमा अहिलेसम्म पनि झोलुङ्गे पुल बन्न नसक्दा स्थानीय बासिन्दाहरू उर्लँदो खोला तथा नदीमाथि तुइनबाटै आवतजावत गर्न बाध्य छन् ।नेपालको बाटो भएर जिल्ला सदरमुकाम खलंगासम्म आउने बाटो नहुँदा सीमावर्ती क्षेत्रका दार्चुलाबासीलाई भारतको बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ ।

विद्यालय पढ्ने विद्यार्थी तथा पढाउने शिक्षकशिक्षिकाले पनि जोखिम मोलेर तुइनबाट ओहोरदोहोर गर्ने गरेका छन् ।

भारतीय बजार नजिक भएकाले पनि यस क्षेत्रका बासिन्दाहरूले खाद्यान्न लगायत अन्य घरायसी सामग्री तुइनबाटै ढुवानी गर्ने गरेका छन् ।

विद्यालय पढ्ने विद्यार्थी तथा पढाउने शिक्षकशिक्षिकाले पनि जोखिम मोलेर तुइनबाट ओहोरदोहोर गर्ने गरेका छन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनका अनुसार हाल निर्माणाधीन २६ वटा झोलुङ्गे पुलकै काम सकिन यो वर्षको चैतसम्म कुर्नुपर्ने हुन्छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अनुसार विस्थापित गर्नुपर्ने सम्भाव्य १३६ झोलुङ्गे पुलमध्ये १०५ को निर्माण चाहिँ सकिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशभरका सबै तुइन विस्थापित गर्ने बताए पनि झण्डै तीन वर्ष पुग्न लाग्दा पनि त्यो वचन पूरा हुनसकेको छैन । 

बीबीसीबाट

तपाईको प्रतिक्रिया