Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

चिल्लो लाइबट बोल्ला आफ्ना हुन्या
झुटी कुरडी खोल्ला आफ्ना हुन्या ।।

न यिनरो छाट राइनु न त काट राइनु
जिन्दगी भरी डोल्ला आफ्ना हुन्या ।।

अगि पछि घाँटी ठड्याउना ठूलो हु भन्ना
काम पण्या खुट्टा मोल्ला आफ्ना हुन्या ।।

बाहिर खुबै लणिबुडी तेरोइ हु भनाइ
भितर भितर मुटु पोल्ला आफ्ना हुन्या ।।

नै भया खिस काट्टा भया रिस मान्ना
उभो लाग्या विष घोल्ला आफ्ना हुन्या ।।

✍️छत्रा रावलधनगढी, कैलाली 

तपाईको प्रतिक्रिया