Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो — लोकप्रिय भाषा सिकाउने एप डुओलिङ्गोका CEO लुइस भोन आह्नले ‘AI-प्रथम’ मोडेलमा रूपान्तरण हुने घोषणा गरेसंगै विवादमा परेको छ । कम्पनीले केही मानव भूमिकाहरूलाई AI द्वारा प्रतिस्थापन गर्ने योजना बनाएको छ, जसले गर्दा प्रयोगकर्तामाझ तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ ।

एक विस्तृत इमेल र लिंक्डइन पोस्टमार्फत, भोन आह्नले बताए कि सामग्री निर्माणलाई बिस्तर गर्न सक्ने बनाउने नयाँ फिचरहरू जस्तै भिडियो कल विकास गर्ने र कम्पनीलाई प्रतिस्पर्धात्मक बनाइराख्न एआई अत्यावश्यक छ। “हामी म्यानुअल प्रक्रियामा भर पर्न सक्दैनौं,” उनले भने, “अब एआई अंगाल्ने समय आएको छ, जसले हाम्रो शैक्षिक उद्देश्य अझ राम्रोसँग पुरा गर्न मद्दत गर्नेछ ।”

कम्पनीको यस योजना अन्तर्गत ती ठेकेदारहरूलाई हटाउनेछ, जसको काम स्वचालित गर्न सकिन्छ । साथै भविष्यमा एआईसँग सम्बन्धित सीपहरू नियुक्ति र कर्मचारी मूल्याङ्कनमा महत्वपूर्ण भूमिका खेल्नेछन्। CEO भोन आह्नका अनुसार, यो परिवर्तनले कार्यप्रवाहमा पुनर्विचार गर्नुपर्नेछ र कतिपय अवस्थामा प्रणालीहरू पुनः बनाउनु पर्नेछ। यद्यपि CEO ले डुओलिङ्गो आफ्ना कर्मचारीहरूप्रति समर्पित रहेको र उनीहरूलाई सिर्जनात्मक, अर्थपूर्ण कार्यमा केन्द्रित गराउन चाहने बताएका छन् ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको प्रतिक्रिया मिश्रित देखिएको छ । कतिपयले यो निर्णयको स्वागत गर्दै डुओलिङ्गोले प्रविधिमा अग्रणी भूमिका खेल्ने बताएका छन्। तर धेरै प्रयोगकर्ताले भने यो कदमले रोजगारी गुमाउने अवस्था सिर्जना गरेको भन्दै विरोध जनाएका छन् । केहीले त सदस्यता रद्द गर्ने वा एप नै हटाउने चेतावनीसमेत दिएका छन् । उनीहरूको भनाइमा, एआईलाई प्राथमिकता दिने यो निर्णय डुओलिङ्गोको “कर्मचारीको ख्याल गर्छौं” भन्ने नारासँग मेल खाँदैन ।डुओलिङ्गोले हालसम्म यो विषयमा थप प्रतिक्रिया दिएको छैन ।

तपाईको प्रतिक्रिया