Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – डिजिटल वालेटबाट कारोबार गर्दा अब अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै नेपाल राष्ट्र बैंकले अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

‘विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ,’ भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थाका लागि जारी गरिएको सो एकीकृत निर्देशनमा उल्लेख छ ।

त्यस्तै विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने बेहोराको विद्युतीय रुपमा स्वघोषणा गर्न लगाउनुपर्ने व्यवस्था पनि गरिएकाे छ ।

तपाईको प्रतिक्रिया