Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पूर्वसरकारले लगाएको १० महिनाको प्रतिबन्धलाई अहिले समीक्षा गरिँदैछ। विसं २०८० कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

नेपालको नीति-नियमका सबै मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाउँदै टिकटकले पहल गर्न थालेको छ। जसका कारण सरकारले प्रतिबन्ध हटाउने लचिलो दृष्टिकोण अपनाएको हो। टिकटकको एसियाका नीति प्रमुख फेरसले केही दिन अघि इमेलमार्फत् सरकारलाई प्रतिबद्धता पत्र पठाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक दृष्टिकोण राख्दैछन् र यसमा आवश्यक निर्देशन जारी गरेका छन्। मन्त्रालयका स्रोतअनुसार, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरिरहेका छन्, र त्यसपछि मन्त्रालय मन्त्रिपरिषद्मा प्रस्ताव लगाएर प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढाउने तयारीमा छ।

सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया