Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

दूर्मग पहाडि जिल्ला जुम्लामा अहिले अश्लील भिडियोका क्लिपहरु बिक्री वितरण हुन थालेका छन्। सदरमुकामका सिडी तथा क्यासेट पसलहरुमा यस्ता अश्लील नेपाली सिडीको किनबेच हुने गरेको हो।

विदेशी अश्लील भिडियो केही मात्रामा बिक्री हुँदै आएकामा पछिल्लो समयमा निस्किएका केही नेपाली भिडियोहरू सङ्कलन गरी पसलहरुमा नै सिडी कपी गरेर बिक्री गर्ने गरिएको हो।

सेलीब्रेटीदेखि सामान्य व्यक्तिका यौनक्रीडाका दृश्य भएका सिडी बिक्रेताले रु ५० देखि रु ८० सम्ममा बिक्री गर्ने गरेका छन्।

सिडी खोल्नासाथ मुखपृष्ठमा नम्रता डिजे तान्त्रिक लेखिएको सिडीको व्यापार अधिक रहेको एक सिडी पसलेले बताए।

एउटा सिडीभित्र २५ देखि ३० वटा अश्लील दृश्य छन्। विदेशीको तुलनामा नेपाली भिडियो महंगोमा बिक्ने गरेको उनले बताए।

यसरी लुकीछिपी बिक्री हुँदै आइरहेको सिडीको कभरमा कुनै नाम अथवा सङ्केत केही पनि लेखिएको पाइंदैन। अश्लील सिडी किन्नेमध्ये अधिकांश किशोरावस्थाका केटाकेटी हुने गरेको पसलेहरू बताउँछन्। ***

 

तपाईको प्रतिक्रिया