Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ओमानले आईसीसी टी–२० विश्वकप क्वालिफायरको ‘सुपर सिक्स’ चरणको अन्तिम खेलमा जापानलाई ९ विकेटले हराउँदै प्रभावशाली जित हात पारेको छ। अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले १८ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो।

टस जितेपछि ओमानले पहिला बलिङ गर्ने निर्णय गर्‍यो। जापानले ब्याटिङ गर्दै १८.२ ओभरमै सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। जापानका इब्राहिम ताकाहासीले सर्वाधिक २९ रन बनाए भने चार्ल्स हिन्जेले १५ रन र इसाम रहमानले १२ रन जोडे। ओमानका बलर सुफियान मेहमूदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।

१ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले उत्कृष्ट ब्याटिङ गर्‍यो। उसले १७ ओभरमा १ विकेट मात्र गुमाउँदै १०७ रन बनाएर जित दर्ता गर्‍यो। ओमानका ह्याम्माद मिर्जाले ५५ बलमा अविजित ५० रनको अर्धशतक प्रहार गरे। उनलाई आमिर कलीमले २८ रन र वासिम अलीले १९ बलमा अविजित २५ रन बनाएर साथ दिए। जापानका बलर चार्ल्स हिन्जेले २ ओभरमा १८ रन खर्चेर ओमानको एक मात्र विकेट लिन सफल भए।

 

 

तपाईको प्रतिक्रिया