Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
ndfबर्लिन (जर्मनी)- नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले जर्मनीबाट तीन जनाको नाम सिफारिस गरेको छ ।
नेकपा (एमाले), केन्द्रीय कमिटीको २३ औं बैठकको निर्णय अनुसार प्रवास क्षेत्रबाट समेत आगामी संविधान सभाको निर्वाचनमा समानुपातिकतर्फका लागि उम्मेदवारहरुको नाम सिफारिश गर्न सकिने  व्यवस्था अनुसार नवराज रोस्यारा (डोटी), डा. यज्ञ अधिकारी (कास्की) र लक्ष्मी न्यौपाने (मोरङ) लाई सिफारिस गरिएको छ ।
लामो समयदेखि नेपालमा विद्यार्थी समुदायमा सकृय रहेका र जर्मनीमा आइसकेपछि समेत जर्मनीवासी नेपालीहरुको सामुहिक हित र समस्याहरु समाधानको लागि अनवरत खटिने रोस्यारा एनडीएफ जर्मनीका पूर्वअध्यक्ष तथा हाल एनआरएनए जर्मनीका बरिष्ठ उपाध्यक्ष छन् । डा. अधिकारी हाल प्रवासी नेपाली मञ्च जर्मनीका सचिव तथा एनआरएनए जर्मनीका सदस्य छन् ।
त्यस्तै महिलाकोटाबाट सिफरिस भएकी श्रीमती लक्ष्मी न्यौपाने जर्मनीको म्युनिखमा बस्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया