Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धि दर भने ४.७ प्रतिशत मात्र थियो।

राष्ट्र बैंकका अनुसार ०८२ साल मङ्सिर महिनामा मात्र एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले बढेर ६ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि ३.४ प्रतिशत मात्र थियो।

यस अवधिमा खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। साथै, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ रहेको छ।

तपाईको प्रतिक्रिया