Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक भएको गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ भने गीतको शब्द गोविन्द भट्टले लेखेका हुन्। यो गीतमार्फत् संगीतकार तथा गायक बाबुल गिरीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्। उनी गीतको भिडियोमा पनि देखिएका छन्।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालगायतको अभिनय हेर्न सकिन्छ। चलचित्रका निर्माता तथा निर्देशकले ‘सिटामोल’ मार्फत् नेपाली समाजमा गहिरो रूपमा गढिएका कुसंस्कारहरूमाथि प्रश्न उठाउने प्रयास गरिएको बताएका छन्। फिल्मले आम नेपालीको जीवनशैली र सामाजिक यथार्थलाई चित्रण गर्न खोजेको जनाइएको छ।

साउन २३ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कथावस्तु प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। चलचित्र सिमोस सुनुवारको प्रस्तुति हो भने भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता हुन्। अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।

तपाईको प्रतिक्रिया