Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभर उत्कृष्ट व्यापार गर्दै अघि बढिरहेको छ। अहिलेसम्म चलचित्रले ७० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। आजबाट यो चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको छ।

निर्माण टोलीका अनुसार नेपालमा मात्रै यसले ४७ करोड रुपैयाँको कलेक्सन गरेको छ। ओभरसिज प्रदर्शनतर्फ जापानबाट १८ लाख, अमेरिका र क्यानडाबाट साढे ९ करोड, अस्ट्रेलियाबाट ९ करोड र मिडल इस्टबाट ५ करोड रुपैयाँको कलेक्सन गरेको छ। ओभरसिजमा भने यो फिल्म एक हप्तापछि रिलिज भएको थियो।

चलचित्रको हालसम्मको कलेक्सनले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सय करोड क्लबतर्फ लैजाने सम्भावना बलियो बनाएको छ। विशेषगरी बिदाका दिनहरूमा अधिकांश शो हाउसफूल भइरहेका छन्। जसले चलचित्रप्रति दर्शकको आकर्षण देखाएको छ। तर, पाँचौँ हप्तामा प्रदर्शन भइरहेकोले थप ३० करोड कलेक्सन गर्न चुनौतीपूर्ण देखिन्छ। यद्यपि, दर्शकहरूको सकारात्मक प्रतिक्रिया र प्रचारले आगामी दिनमा चलचित्रले राम्रो कलेक्सन गर्ने विश्वास गरिएको छ।

सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, र अञ्जना बराइली मुख्य भूमिकामा छन्। महेश दवाडीले संवाद लेखेका छन्। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

१ करोड ३० लाख रुपैयाँमा निर्माण भएको यो चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्दै ऐतिहासिक सफलता हात पारेको छ। ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली सिनेमा क्षेत्रका लागि प्रेरणादायी उदाहरण बनेको छ।

 

 

तपाईको प्रतिक्रिया