Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाडौँ – चलचित्र ‘कार्साङ’को ट्रेलर हालै सार्वजनिक गरिएको छ। जसमा मुख्य पात्र दयाहाङ राईको भूमिका समाजको तिक्त चेतावनीबाट सुरु हुन्छ। यसले उनको कथा भित्रको सामाजिक पद्धतिमा हुने द्वन्द्व र अभावलाई उजागर गर्छ। ट्रेलरले झाँक्री विद्यामा समाजले गरेको विश्वास, सांस्कृतिक परम्परा, आर्थिक चुनौती र प्रशासनिक अन्याय जस्ता विषयलाई समेटेको छ। यस क्रममा परिवारभित्र समाजले खडा गरेको फाटो, रिस र द्वेषको चित्रण गर्दै मुख्य पात्रले स्वाभिमानका लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।

समाजको अन्धविश्वास, परिवारप्रतिको प्रेम, अनि अरुको चियोचर्चोले परिवारमा ल्याएको बेदना र खलबलको चित्रण गर्दै ट्रेलरले एउटा बेमेल भोगिरहेको परिवारको कथा बताउँछ। यो ट्रेलरले सामाजिक उत्पीडनले कसरी कमजोरलाई थिचोमिचो गर्छ र उनीहरूको जीवन संघर्षपूर्ण बनाउँछ भन्ने देखाउँछ।

पुस २६ गते प्रदर्शन हुने यो चलचित्र निर्देशक यम शेर्पाको पहिलो प्रस्तुति हो। ग्रामीण परिवेशमा आधारित यस चलचित्रले शेर्पा समुदायको सांस्कृतिक कथालाई समेटेको छ। दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाललगायतका कलाकारको उत्कृष्ट अभिनय रहेको यो फिल्म निर्माण पक्षका अनुसार दर्शकलाई मन पर्ने विश्वास गरिएको छ। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको संयुक्त प्रस्तुतिमा तयार पारिएको चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन्।

यस्तो छ ट्रेलर :

तपाईको प्रतिक्रिया