Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित अभिनेता निखिल उप्रेतीले हालै आफ्नो कपालको समस्या समाधान गर्न हेयर ट्रान्सप्लान्ट गराएका छन्। उनको हेयर ट्रान्सप्लान्ट दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा डा. रुपक घिमिरेको नेतृत्वमा गरिएको हो। निखिलले आधुनिक प्रविधि र विशेषज्ञहरूको निगरानीमा कपाल रोपेको बताए।

फिल्मको छायांकनका क्रममा प्रयोग हुने लाइट, क्यामेराको किरण, विभिन्न केमिकल र मेकअप सामग्री, धुलो, घाम, पसिनाजस्ता कुराका कारण कपालमा समस्या देखिएको निखिलले सुनाए।

डा. घिमिरेसँग हेयर कन्सल्ट गरेपछि निखिलले आवरण क्लिनिकमा अत्याधुनिक प्रविधि र अनुभवी सर्जनहरूको उपस्थितिका कारण हेयर ट्रान्सप्लान्ट गराउने निर्णय गरेका हुन्। निखिलले नयाँ कपालको पूर्ण विकास भएसँगै आगामी ६ महिनामा फिल्मको पर्दामा पुनः देखा पर्नेछन्।

 

तपाईको प्रतिक्रिया